एमाले बाँकेको उपाध्यक्षमा डिल्ली बिसी सर्वसम्मत चयन

|

नेपालगन्ज। नेकपा एमाले बाँकेको उपाध्यक्षमा पत्रकार डिल्ली बिसी निर्विरोध निर्वाचित भएका छन् ।
एमाले बाँकेको ८औं जिल्ला अधिवेशन निर्वाचन अधिकृत विकास आचार्यका अनुसार एक जना उपाध्यक्ष पदमा विसी बाहेक अरुको उम्मेदवारी परेको छैन । विसीलाई निर्वाचन कमिटीले उपाध्यक्ष निर्वाचित भएको घोषणा गर्न मात्र बाँकी रहेको छ ।

अध्यक्ष पदमा भने किश्मतकुमार कक्षपति, निरक गुरुङ, र अशोक कर्माचार्यको उम्मेदवारी परेको छ । सचिवमा रत्न खत्री, बलराम भट्टराई र भीम केसीले उम्मेदवारी दर्ता गरेका छन् । २ सहसचिव पदमा दीपक वर्मा, भूमिसरा धिताल, अक्षरी पोखरेल, मनोजकुमार वर्मा र तुल्सीराम थारु उम्मेदवार रहेका छन ।

२०७८ पुष २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।