विदेशमा रहेका नेपालीलाई सरकारी खर्चमै स्वदेश फर्काउनको निम्ति सर्वोच्चको आदेश

|

काठमाडौँ,

सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कन सक्ने सम्भव नभएका नागरिकलाई सरकारी कोषको खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ ।

न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको संयुक्त इजलासले रोजगारदाता कम्पनी तथा गन्तव्य मुलुकबाट सहयोग नभएमा कोषको रकम परिचालन गरेर उद्धार गर्न आदेश दिएको हो ।

वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार गठित कोषको रकम परिचालन गरेर टिकट लगायतका आवश्यक प्रबन्ध गर्न अदालतले आदेश गरेको हो।

अदालतले यसअघि वैशाख ४ गते भएको आदेशलाई समेत ध्यान दिई उद्धार लगायतका प्रक्रिया अगाडि बढाउन आदेश गरेको हो । उक्त आदेशमा विश्व स्वास्थ्य सङ्गठन (WHO)को मापदण्ड पालना गरेर उद्धार लगायतका प्रक्रिया अघि बढाउन भनिएको छ ,गोरखापत्र दैनिकमा खबर छ ।

२०७७ असार ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।