
आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिश्पर्धामा थिए । रानाले एक हजार ८ सय २६ मतसहित जीत हात पारेकी हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा निकट रानाको जीतले काँग्रेस दैलेखबाट पार्टी केन्द्रीय तहमा पहिलो पटक प्रतिनीधित्व भएको छ ।
‘अन्य राजनीतिक दलहरुमा केन्द्रीय सदस्य हुन सहज छ, कतिपय पार्टीमा त टिके प्रथा (नेताले छानेर कसैलाई पद दिने प्रथा) ले दैलेखबाट सहजै केन्द्रीय सदस्य भईरहेका हामीले देखेका छौँ,’ काँग्रेस दैलेखका एक नेताले भने ‘पार्टीमा दैलेखलाई प्रतिनीधित्व गर्दै केन्द्रीय सदस्य पाउनु हाम्रो लागी गर्वको विषय हो ।’