प्रथम प्याब्सन नेपालगन्ज अण्डर–१४ फुटवल प्रतियोगिताको उपाधी पशुपति माविलाई

|

नेपालगन्ज /  नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेको आयोजनामा भएको प्रथम प्याब्सन नेपालगन्ज अण्डर–१४ फुटवल प्रतियोगिताको उपाधी पशुपति मावि राझाले चुम्न सफल भएको छ । भने दोश्रो स्थानमा नेपालगन्ज मोडेल एकेडेमी , तृतीय सिर्दाथ बिद्या सदन र सान्तावना भने स्टार फ्युचर सेकेण्डरी स्कूल हुन सफल भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको १६ वटा विद्यालयका १४ बर्ष मुनिका छात्रहरुले प्रतिष्पर्धा गरेका थिए ।

आज भएको फाईनल खेलमा पशुपति मावि र नेपालगन्ज मोडेल एकेडेमी बीच भएको खेलमा पशुपति मावि विजयी भएको छ । पशुपति माविले शून्य को विरुद्ध २ गोल गरि विजयी भएको हो । पशुपति माविका खेलाडी हिमाल पुनले नै २ गोल गरेका थिए । तेश्रो स्थानको लागि भएको खेलमा सिदार्थ विद्या सदन र स्टार फ्युचर भएको खेलको निर्धारित समयमा खेल बराबरी भएकोले ट्राई बेकरमा सिदार्थ विद्या सदनले विजयी हासिल गरेको हो ।

सो खेलमा बेस्ट स्कोर खेलाडी पशुपति माविका हिमाल पुन, बेस्ट गोलकिपर पशुपतिकै हृदयजङ्ग शाही र बेस्ट प्लयर नेपालगन्ज मोडेल एकेडेमीका समिर रावत घोषित भएका थिए । सो फुटबलमा रेफ्री अमर घले, असिस्टेण्ड रेफ्री तारा शाही, सन्जय थापा, सानु तामाङ र रविन्द्र श्रेष्ठले भुमिका निभाएका छन् । सो समापनमा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले विद्यालयमा अध्ययनको साथ साथै अतिरिक्त कृयाकलापमा पनि जोड दिनु पर्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुद्धत सुबेदी, क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष मोहित शाह, हिसानका केन्द्रिय उपाध्यक्ष ईश्वर पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेका अध्यक्ष बिकास बर्जाचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन सचिव मान बहादुर थापाले गर्नुभएको थियो ।

२०७८ मंसिर २१, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।