यो उपलब्धी सिढि मात्र हो सिखर चढ्न बाँकी छ–सदस्य सचिव घिसिङ

|

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले यू–१९ क्रिकेट प्रतियोगिताका बिजेता खेलाडीलाई पुरस्कृत गदै यो उपलब्धी सिडी मात्र हो,शिखर चुम्न बाँकी रहेको बताउनु भएको छ ।
कर्तिपुर स्थित क्रिकेट मैदानमा यू–१९ क्रिकेट प्रतियोगिताका बिजेता खेलाडीलाई आईतवार पुरस्कृत गदै सदस्य–सचिव घिसिङले नेपाली खेलकुद प्राप्त गरेको उपलब्धिमा धेरै सन्तोष गरेर हामी रमाउने गर्छ,यो एउटा सिडीमात्र हो शिखर चुम्न बाँकी रहेको बताउनु भयो । वहाँले नेपाली क्रिकेटको चाम निक्कै उकालो लागेको बताउदै भन्नु भयो–कर्पोरेट क्षेत्रको साझेदारीले खेलकुदमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । बिजेता खेलाडी प्रति संकेत गदै सदस्य–सचिव घिसिङले भन्नु भयो–यो उपलब्धीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रदर्शनलाई प्रभाबकारी रुपले प्रर्दशन गर्ने चुनौती थपिएको बताउनु भयो ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।