प्रथम प्याब्सन नेपालगन्ज अण्डर–१४ फुटवल प्रतियोगिता शुरु

|

नेपालगन्ज /  नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेको आयोजनामा आज देखि प्रथम प्याब्सन नेपालगन्ज अण्डर–१४ फुटवल प्रतियोगिता शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको १६ वटा विद्यालयका १४ बर्ष मुनिका छात्रहरुले प्रतिष्पर्धा गरेका छन् ।
उद्धघाटनको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुद्धत सुबेदीले पढाई साथ साथै अतिरिक्त कृयाकलाप हुनु पर्नेमा जोड दिनुभयो । साथै खेलकुदले शरिरलाई स्वास्थ्य राख्नको लागि महत्वपुर्ण कार्य गर्ने भएकोले खेलकुदलाई विद्यालय तहमा निरन्तर अभ्यास हुन जरुरी रहेको बताउनुभयो । प्याब्सन, नगर कमिटिका सदस्य पवन गौतमले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द, हिसानका केन्द्रिय उपाध्यक्ष ईश्वर पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

आज पहिलो दिन ४ वटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा डकार स्कूल र पशुपति मावि बीच भएको खेलमा पशुपति मावि विजयी भएको छ । भने दोश्रो खेल जिभिएन मावि र भेरी इंग्लिश स्कूल बीच भएको खेलमा जिभिएन मावि विजयी भएको छ । तेस्रो खेलमा स्टार फ्युचर सेकेण्डरी स्कूल र एबीसी रेसिडेन्सियल स्कूल बीचमा भएको र सो खेलमा स्टार फ्युचर विजयी भएको छ । चौथो खेल जय बागेश्वरी र फ्लोरिडा एकेडेमी बीच भएको थियो सो खेलमा फ्लोरिड एकेडेमी विजयी भएको छ ।

सो फुटबलमा रेफ्री अमर घले, असिस्टेण्ड रेफ्री तारा शाही, सन्जय थापा, सानु तामाङ र रविन्द्र श्रेष्ठले भुमिका निभाएका छन् ।

सो उद्धघाटन कार्यक्रममा नीजि तथा आवसीय विद्यालय अर्गानाईजेसन नेपाल, प्याब्सन नेपालगन्ज नगर कमिटी, बाँकेका अध्यक्ष बिकास बर्जाचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन सचिव मान बहादुर थापाले गर्नुभएको थियो ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।