नेकपा एमालेकाे महाधिवेशन सम्पन्न

|

सौराहा । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार चितवनको नारायणी किनारमा उद्घाटन सत्र गरेको उसले बाँकी सम्पूर्ण कार्यक्रम सौराहामा सम्पन्न गर्‍यो।

विधान, राजनीति र सांगठनिक प्रतिवेदनमाथि गत असोज १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवशनमै छलफल गरेको सो दलले सौराहामा मूलरुपमा नेतृत्व निर्वाचनको काम गर्‍यो। तैपनि विधानमा केही रणनीतिक संशोधन भने गरियो। गत शनिबार साँझको केन्द्रीय कमिटी बैठकमार्फत्प दाधिकारीको संख्यामा बढोत्तरी गर्दै केपी शर्मा ओलीलाई अध्यक्षको उम्मेदवार बन्न निषेध गर्ने विधानका प्रावधानलाई उनी अनुकूल बनाइयो।

निर्वाचितहरुको सूची हेर्दा पदाधिकारी अन्तर्गतका सम्पूर्ण पदमा ओलीकै सूची सदर भएको देखिन्छ। अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ निर्वाचन भएका छन्। पोखरेल निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वाचित भए। उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन्।

सचिव ७ पदका लागि भने ९ जनाको उम्मेदवारी परेको थियो। जसमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्।

 

 

२०७८ मंसिर १४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।