
चितवन / मध्यरातमा नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले ४ वटा निर्णयहरु गरेको छ । बैठकले स्थायी कमिटीबाट मनोनित गरिएका महाधिवेशन प्रतिनिधिलाई पनि अनुमोदन गरेको छ ।
आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेश गरिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ ।
केन्द्रिय कमिटीको निर्णयहरु:-
१. केन्द्रीय कमिटी २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने ।
२. ९९ सदस्यीय पोलिटब्यूरोको व्यवस्था गर्ने ।
३. केन्द्रीय कमिटीमा अब बरिष्ठ सहित ७ उपाध्यक्ष र ३ उप–महासचिव हुनेछन् । अन्य पद यथावत छन् ।
४. अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग २५ सदस्यीय हुनेछ ।