जसपा अबको निर्णायक शक्ति बन्छ – पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

|

नेपालगन्ज । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराइले देशमा समग्र विकास र समृद्धि ल्याउन सर्व प्रथम भ्रष्टाचार र अनियमितता रोक्नु पर्ने बताउनुभयो । साथै उहाँले आफु प्रधानमन्त्री भएको समयमा भ्रष्टाचार न्युनीकरण भएको र सबैभन्दा बढी राजस्व संकलन भएको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण, गरिबी निवारण र विकास निर्माणको ठोस योजना र रोडम्याप रहेको नेता भट्टराईले अब जसपा नै बैकल्पिक शक्ति बन्ने समेत घोषणा गर्नुभयो । आगामी निर्वाचनमा जसपा निर्णायक शक्ति बनेर समेत उदाउने तथा केही वर्ष भित्र जसपाकै नेतृत्वमा सरकार बन्ने आफुसंग ठोस कार्य योजना समेत रहेकोे बताउनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुदै जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले देशका सबै जातजातिलाई एकजुट पारेर तराई पहाड र हिमाललाई जोडेर जसपा भविष्यमा देशको ठुलो शक्ति बन्ने बताउनुभयो । उक्त अवसरमा जसपाका केन्द्रिय कार्यकारीणी सदस्य तथा पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले जनता समाजवादी पार्टी प्रति सम्पुर्ण वर्ग जात धर्म र क्षेत्रका जनताको आकर्षण बढ्दै गएको बताउँदै अबको मुख्य शक्ति यही पार्टी हुने बताउनुभयो।

जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पुर्वमन्त्री तथा केन्द्रिय सदस्य दान बहादुर कुर्मी चौधरी, जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव, केन्द्रिय सदस्य हिक्मत सुनार, क्षेत्र नं. १ ईन्चार्ज बुद्ध सुनार लगायतले पनि सम्बोधन गर्नु भएको थियो ।

जसपा, बाँकेका उपाध्यक्ष राजन राना मगरले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सन्चालन जिल्ला सचिव रोजेन्द्र विश्वकर्माले गर्नु भएको थियो ।

२०७८ मंसिर १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।