एमालेले संशोधित विधानअनुसार बृहत् आकारको समावेशी केन्द्रीय कमिटी चयन गर्ने

|

चितवन । शुक्रबारबाट सुरु हुन लागेको एमालेको दसौँ महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
महाधिवेशनले संशोधित विधानअनुसार बृहत् आकारको समावेशी केन्द्रीय कमिटी चयन गर्ने भएको हो ।
संशोधित विधानमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरू प्रतिनिधित्व हुनेछन् । आदिवासी(जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र श्रमिक क्षेत्रबाट २१ महिलासहित ६६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

सात प्रदेश, उपत्यका समन्वय र सम्पर्क समन्वयमा १६ महिलासहित ४६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित १५ पदाधिकारीमा भने महिला कोटा छुट्याइएको छैन । खुला सदस्यमा ३८ महिलासहित ९८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

नयाँ केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिला सदस्य हुनेछन् । महाधिवेशनले १५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोग पनि निर्वाचित गर्नेछ ।

 

२०७८ मंसिर ९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।