
नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगर सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका छन् । उनले २ सय ४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी उमा थापामगरले ७६ र बिनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो ।