नेपालगन्ज । सातौं धारा नेपालगन्ज म्याराथन मंसिर ४ मा हुँदैछ । शनिबार हुने यस पटकको म्याराथनमा विजेतालाई १ लाख , उपविजेतालाई ५० हजार , तृतियलाई २५ हजार, चौथोलाई १५ हजार , पाचौंलार्ई १० हजार , छैटौंलाई ८ हजार , सातौ लाई ७ हजार प्रदान गरिने भएको छ ।
महिला तर्फ हाफ म्याराथन बिजेताले ५१ हजार , उपविजेताले २५ हजार , तेस्रोले १५ हजार गरी क्रमश: सातौं हुने लाई पनि नगद पुरस्कारको ब्यवस्था गरिएको छ।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार , दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमले १५ हजार , दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउने छन् ।
त्यसैगरी स्कुल लेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार , दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् भने ३ किमी छात्रा स्कूलतर्फ पहिलो हुने ले ७ हजार , दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउने छन् ।
ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार , दोस्रोले ५ हजार र तेस्रो ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।
म्याराथनमा महानायक राजेश हमाल , पर्वतारोही पूणिमा श्रेष्ठ , साहित्यकार नयनराज पाण्डे , अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर , दीपक श्रेष्ठ लगायतका व्यक्तिहरुको सहभागिता रहने भएको छ।






