
काठमाडौं । कर्णाली प्रदेशमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।