एमालेको १०औं महाधिवेशनको लोगो र जिगंल सार्वजनिक

|

काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।

महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० लेखिएको छ। गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ भने एमालेको चुनाव चिह्न पनि राखिएको छ।

एमालेले १० औं महाधिवेशन चितवनमा गर्न लागेको र चितवन गैंडाका लागि प्रख्यात भएको लोगोमा गैंडा राखिएको नेताहरुले बताएका छन्।

२०७८ कार्तिक २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।