काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको

|

 काठमाडौं ।

काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्ध गरिएको छ । गृह मन्त्रालयले आजबाट सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो । जिल्ला प्रशासनलगायत विभिन्न निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गर्दै आएका थिए ।

तर, अब जोरविजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्ध गराएको गृह मन्त्रायलले जानकारी दिएको छ ।

निजी सवारी साधनहरुले काठमाडौं उपत्यकाभित्र जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाउने छन् । पूर्णरुपमा अब जोर बिजोर प्रणालीको पालना गर्नुपर्ने छ ।

तर, काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु (छोटो अवधिका) भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

२०७७ असार २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।