नेपाल सरकारले अमेरिकावाट चार्टड उडान गर्दै

|

नेपालवाट विभिन्न कारण अमेरिका आउनु भएको तर कोरोना भाईरसको माहामारीको कारण नेपाल फर्कन नपाउनु भएकाहरुलाई नेपाल फर्कनको लागि नेपाल सरकारले अमेरिकामा अड्किएका नेपालीलाई नेपाल लैजान  जुन २३ र २५ मा नेपाल सरकारले चार्टड उडान गर्ने भएको छ ।

अमेरिकका विभिन्न चार शहर न्यूयोर्क, सिकागो, वासिंटन डीसी र टेक्सस डलासवाट जहाज नेपाल जाने छन्  । सरकारले टर्किस एयरलाईन्स र कतार एयरवेज मार्फत चार्टड उडान गर्न लागेको हो । वासिंटन डिसी स्थित नेपाली दुतावासले सुचना निकाली यो जानकारी दिएको हो ।

  तर, यि उडानमा नेपाल फर्किन भने सकस दिने खालको व्यवस्था गरिएको छ । उक्त चाटर्ड उडानमा नेपाल जानका लागि महंगो भाडादर, कोभिड १९ छैन भन्ने स्वास्थ्यकर्मीवाट प्रमाणित  प्रमाणपत्र र नेपाल पुगेपछि क्वारेन्टाइनमा वस्न तयार हुनुपर्ने छ । टर्किस एयरलाइन्सवाट जान एकतर्फि भाडा दर १५३७ अमेरिकी डलर तोकिएको छ । कतार एयरवेजको भाडादर झनै महंगो १६ सय अमेरिकी डलर छ । यो एकतर्फी भाडा दर हो ।

 

२०७७ असार २, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।