मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित

|

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीले मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यताअनुसार मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् ।

नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परेका छन् भने विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी गर्दै आएको छ ।

बैठक स्थगित
मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए । अर्को बैठक कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।