एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरहरु कब्जा गरेको छ । आज बिहान पूर्वी सहर जलालावाद पनि तालिबानले नियन्त्रणमा लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर तालिबानलाई सुम्पिएको समाचार छ । योसँगै अब देशका प्रमुख सहरमध्ये अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी रहेको छ ।
तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् । उनिहरु राजधानी काबुल पनि कब्जा गर्ने प्रयासमा रहेको बिबिसीले जनाएको छ ।






