
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार नियुक्त चार मन्त्रीले प्रधानमन्त्री देउवाको उपस्थितीमा सपथ लिएका हुन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिए । शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।
त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा र जनार्दन शर्माले अर्थमन्त्रीको शपथ लिएका हुन् ।