भारत / भारतको राजधानी दिल्लीमा फेरि लकडाउनको समय अवधि बढाइएको छ । राजधानीमा नयाँ भेरियन्टको कोरोना संक्रमितको दर कम भए पनि लकडाउन अवधी बढाइएको छ ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलनमा आइतबार दिल्लीमा ३१ मे सम्म लकडाउन थप गर्ने आदेश दिएको बताएका छन । उनका अनुसार यदि संक्रमित हुनेको दर घट्ने सिलसिला जारी रहेर स्थितिमा सुधार आए ३१ मे पछि लकडाउन हटाउने प्रक्रिया शुरु गर्ने बताएका छन् ।






