यो ठूलो हिंसा विरुद्धको मुद्दा लिएर म अदालत जान्छु :कोमल वली

|

नेकपा प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले कुण्ठा पोख्दै आक्षेप लगाएको भन्दै त्यसविरुद्ध आफू अदालत जाने सांसद कोमल वलीले बताउनुभएको छ । तथाकथित नागरिक अभियन्ताका रुपमा समेत आफूलाई चिनाउनु भएका पन्तले सामाजिक सञ्जालमा सांसद ओलीप्रति लैंगिक अभिव्यक्ति दिनु भएको थियो ।

आफूलाई पिडुँला देखाएर सांसद भएको आक्षेप लगाएपछि वलीले महिला हिंसा विरुद्धको मुद्दा लिएर अदालत जाने चेतावनी दिनुभएको हो ।

आज उहाँले सर्वाजनिक रूपमै कुण्ठा पोख्नु भएछ,वलीले भन्नुभयो, यो ठूलो हिंसा हो । यस विरुद्धको मुद्दा लिएर म अदालत जान्छु ।

पन्तको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । ओलीलाई पिंडुला देखाएर सांसद र केन्द्रीय सदस्य भएको भनेर पन्तले बोल्नुभएको भिडियो सार्वजनिक भएपछि सामाजिक क्षेत्रमा लागेकामात्र होइन, उहाँकै पार्टीका नेता कार्यकर्ताले पनि चर्को आलोचना गरेका छन् ।

उहाँकै समूहकी विद्यार्थी नेता आरती लामाले पनि ट्वीट गर्दै ‘कमल ओली पिंडुला देखाएर, सारी माथि सारेरै सांसद भएको होइन । कमरेड तपाईको बोली ठीक छैन ।
यसमा म आपत्ति र खेद जनाउँछु’ भन्नु भएको छ ।

यस्तै बौद्धिक व्यक्तित्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले फेसबुकमा लैंगिक रूपमा कोमल वलीमाथि गरिएको टिप्पणी आलोचना खेदजनक भएको उल्लेख गर्नुभएको छ ।

यसैगरी पन्तले कमल ओलीप्रति गरेको टिप्पणीमा थुप्रै महिलाअधिकर्मीहरुले आपत्ति जनाउँदै रघुजीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

२०७७ फाल्गुन १६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।