
अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको आयोजनामा साहित्यकार समाजसेवी तथा अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रष्टीका सल्लाहकार डा. दुर्गा दाहालको सम्झनामा श्रद्धांजलि कार्यक्रम सम्पन्न भयो ।
अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय अध्यक्ष प्रकाश पौड्याल ‘माइला’ ले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
डा. दाहालको सम्झनामा एक मिनेट मौन धारण सहित आरम्भ भएको सो कार्यक्रममा बोर्ड अफ ट्रष्टीका कार्यसमिति का उपाध्यक्ष पदम विश्वकर्माले डा. दाहालको जीवनीको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा सल्लाहकारहरु डा. श्यामकार्की, रोहिणी शर्मा, प्रा. डा. खगेन्द्रप्रसाद लुईटेल,एनआरएनकापूर्व अध्यक्ष देवमान हिराचन, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पुरस्कार समितिका अध्यक्ष डा. गोपी उप्रेती केन्द्रीय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष गोबर्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्बज्ञ वाग्ले, कोषाध्यक्ष कृष्ण गिरी, बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष राम लामा “अभिनासी” ट्रष्टी कार्यसमितिका सदस्य तीर्थराज अधिकारी ट्रष्टी सदस्य गृष्मापौड्यालले डा. दाहालको बारेमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार तथा ट्रष्टी सदस्यदामोदर पुडासैनी, ट्रष्टी सदस्य सरिता अर्याल राजेन्द्र केसी, रितादेवीप्रधान, दीपा राई पुन, ममताकर्माचार्य, नारायण अधिकारी, केन्द्रीय सदस्यहरु तारा अधिकारी, प्रमोद साराङ, निजानन्दमल्ल, डा. रेनुका सोलुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ट्रष्टी कार्यसमितिका उपाध्यक्ष पुरु सुवेदीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा डा. दाहालद्धारा लिखित प्रकाशोन्मुख कविता संग्रह र उहाँको स्मारिका अनेसासले प्रकाशन गरिने पनि जानकारी गराइएको थियो ।
यसै गरी स्रष्टाहरु जीवित रहँदै गरेको प्रशंसा उपयुक्त हुने महसुस गरी संस्थापक अध्यक्षले गर्नुभएको योगदानलाई कदर गर्दै संस्थापक अध्यक्ष होमनाथ सुवेदीका नाममा अनेसासले एकहजार डलरको पुरस्कार स्थापना गर्ने र सो पुरस्कारको प्रायोजन रोहिणी शर्माले गर्नुहुने भएको छ ।
उक्त पुरस्कार यसै वर्षदेखि प्रदान गरिने छ ।
ट्रष्टी कार्यसमितिका सचिव शिव लामिछानेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आफ्नो भावनात्मक मन्तव्य सहित अध्यक्ष गीता खत्रीले कार्यक्रम समापन गर्नुभएको थियो।