
नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।
नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, नायिका श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको पुष्टी गरिन् ।
नेपाली चलचित्र नगरिमा हिट भएको चलचित्र “कहाँ भेटिएला” बाट स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठसंग डेव्यु गरेकी श्वेताले २०७१ साल असार २३ गते श्रीकृष्णसँगै विवाह गरेकी थिइन् । तर अफसोच उनको वैवाहिक जीवन लामोसमय चल्न पाएन । विवाहको १ महिना वित्न नपाउँदै उनले आफ्नो जीवन साथी गुमाउनु पर्यो। विवाह गरेको दुई दिन पछि नै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा २०७१ साउन २५ मा भारतमा निधन भएको थियो।