काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य आज बढाएको छ। राति १२ बजेदेखि लागू हुनेगरी ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत छ ।भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जानकारी दिएको छ।
हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।






