जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न संरक्षणमुखी कृषि अपनाउन जानकी गाउँपालिकाको आग्रह

|

बाँके । माटो, पानी, वन तथा खोलानालाको संरक्षणसँगै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजनामा, जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जानकी गाउँपालिकाका कृषि शाखा अधिकृत अशिम पौडेलले माटोको परिचय, कृषि उत्पादनमा माटोको महत्व, आधुनिक तथा थोपा सिँचाइ प्रविधि र माटो संरक्षणका विभिन्न उपायबारे प्रशिक्षण दिनुभयो । उहाँले माटोको गुणस्तर कायम राख्न सके कृषि उत्पादनमा वृद्धि हुनुका साथै दिगो कृषि प्रणाली विकास गर्न सकिने बताउनुभयो । माटोको संरक्षणका लागि रासायनिक मलको उचित प्रयोग, जैविक पदार्थको प्रयोग तथा पानीको व्यवस्थित व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, जानकी गाउँपालिकाका विपत् शाखा प्रमुख राजेन्द्र बाजपेईले विपत्का समयमा आवश्यक पर्ने समन्वय तथा सहकार्यका विषयमा जानकारी गराउनुभयो । उहाँले मौसम परिवर्तन, वातावरण प्रदूषणका कारण, पानीका मुहान सुक्दै जानु तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सहभागीलाई जानकारी दिनुभयो । साथै उहाँले मौसम र जलवायुबीचको फरक तथा जलवायु परिवर्तनले स्थानीय समुदाय र कृषि क्षेत्रमा पार्ने प्रभावका विषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्कीले परियोजनाका गतिविधि तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो । उहाँले स्थानीय समुदायको सहभागितामार्फत प्राकृतिक स्रोतको संरक्षण र वातावरणमैत्री गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, कृषक, बालबालिका, पत्रकार लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले माटो, पानी, वन तथा जलस्रोत संरक्षणलाई स्थानीय तहको योजना र समुदायको व्यवहारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए । एसडिएफ बाँकेले जानकीमा बालवा

२०८३ भाद्र ११, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।