
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताएका छन् । मंगलबार प्लान इन्टरनेशनलको ४५ औँ बार्षिक उत्सवका अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गर्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले भने, दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी छ । त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएका छौँ । समृद्ध कर्णाली, सुखारी कर्णालीवासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरुको सहकार्य आवश्यक छ । हामी काम गर्ने बाताबरण सहितको सहयोग गर्ने तयार छौँ । सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो छ । कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक बिभेद र कुप्रथाहरुको अन्त्य जरुरी छ । त्यसैमा केन्द्रीत भएर सरकारले काम गरिरहेको छ ।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोख्रेलले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग जरुरी रहेको बताए । उनले भने, कर्णालीमा विकास र परिवर्तनका सवालहरु धेरै छन् । त्यसमा प्लान इन्टरनेशनल लगायतका दातृ निकायहरुले गरेको काम प्रसंसनिय छ । सरकारले बालबिबाह, बहुबिबाह, लागुऔषध दुव्र्यशन लगायतका सामाजिक बिकृतिहरुमुक्त समाज, गुणस्तरिय शिक्षा र स्वास्थ्य, बाल संरक्षण जस्ता महत्वपुर्ण सवालहरुमा भौतिक विकासदेखी चेतनाको विकासका लागि पनि काम गर्नुपर्ने अवस्था छ । त्यसमा सरकार एक्लैले गरेका प्रयास भन्दा सबैको समन्यमा गरेको प्रयास थप प्रभावकारी हुनेछ ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले मुलुकको भबिश्यसँग जोडिएको बालबालिका र शिक्षाको सवालमा सहकार्य गर्न सबैलाई अपिल गरे । उनले भने, गुणस्तरिय शिक्षा र सामाजिक न्याय बिना समाजको समृद्धि सम्भव छैन् । त्यसका लागि प्रदेश सरकारले आधारभुत बस्तु तथा सेवाका लागि गम्भीर ढंगले नीति तथा कार्यक्रम बनाईरहेको छ । त्यसबाट केही बर्षमा नतिजा आउनेछ । कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलश्रोत विकासमन्त्री उर्मिला बिश्वकर्माले कर्णालीका विकटबस्तीहरु पनि गैरसरकारी निकायले गरेको काम उल्लेख्य रहेको बताईन् । उनले भनिन्, सरकार पुग्न नसकेको ठाँउमा समेत सरकारसँग समन्वय गरी गैरसरकारी निकायले पुगेर समाजका लागि काम गरिरहेका छन् । यसले सरकारले निकै सहज बनाएको छ ।
कार्यक्रममा प्लान इन्टरनेशलका राष्ट्रिय निर्देशक रामकिशनले बालबालिका, किशोर किशोरी र युवाहरुलाई समावेशी, न्याययुक्त र सुरक्षित समाज निर्माणका लागि आफुहरु काम गरिरहेको बताए । उनले भने, यसै बर्षदेखी कर्णाली, सुदुरपश्चिम र लुम्बीनी प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार गर्ने योजना छ । कार्यक्रममा प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय प्रमुख मीना पराजुलीले बालबालिका, किशोरी र युवाहरुको अधिकार प्रवद्र्धन गर्न सरकार जिम्मेबार बन्नुपर्ने बताईन् । उनले भनिन्, मुख्यगरी प्रारम्भीक बालबिकास, हिंसाबाट संरक्षण, गुणस्तरिय शिक्षा, सीप विकास, विपद् जोखिम न्यूनिकरण र जीविकोर्पाजनका लागि प्लानले काम गरिरहेको छ ।
कार्यक्रममा जिल्ला समन्य समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्ट, बाँके जिल्ला समन्वय प्रमुख ज्ञनेन्द्र कुमार चौधरी,कालिकोटका प्रमूख धनजित शाही, जुम्लाका प्रमूख गौरीनन्द आचार्य, डोल्पा प्रमूख श्यामबहादुर रोकाया, जुम्लाको हिमा गाँउपालिका प्रमूख लक्ष्मण शाही, कालिकोटको नरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट, बर्दिया जिल्ला मधुवन नगरपालीकाका नगर प्रमुख तेज बहादुर भाट लगायतका सरोकारवालाहरुले कर्णालीको समग्र शिक्षा, स्वास्थ्य र आयआर्जनका सवालहरुमा सरकार र गैरसरकारी निकायहरु सहकार्य गरेर काम गर्नुपर्ने बताएका छन् । भने उक्त कार्यक्रममा प्लान इन्टरनेशन नेपाल संगको साझेदारिमा काम गर्ने गै.स.स. पदाधिकारीहरु, अन्तराष्ट्रीय गै.स.स. समेतको समभागीता रहेको र यस प्लानले आफुले काम गर्ने समुदाय तथा कार्यक्षेत्रमा परियोजना मार्फत गरेको नमुना,वालमैत्री कक्षाहरु,घरमा आधारित सिकाई बातावरण निर्माणका लागी सिकाई कुना र क्षमता समानता र आकांक्षा प्रबद्दनका लागी स्टीम अहेड परियोजना बारे जानकारी दिन स्टल समेट राखिएको थियो । प्लानले कर्णालीमा आगामी ५ बर्षमा ४ अर्ब ५० करोड बराबर बजेट खर्च गर्ने गरी काम गर्ने जनाएको छ ।