एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङ रहेनन्

|

अमेरिका। नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङ्गको निधन भएको समाचार छ ।नेपाली समय अनुसार साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको समाचारमा जनाइएको छ। उहाँ ७१ वर्षको हुनुहुन्थ्यो ।अहिले एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरु अस्पताल पुगिसकेका छन्।

उहाँ गत संसदीय निर्वाचनमा इलामबाट निर्वाचित हुनुभएको थियो । दुइ पटक सम्म संबिधान सभाका अध्यक्ष, सभामुख भएर काम गरिसक्नुभएका नेम्वाङ्ग २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा कानुन मन्त्री हुनुहुन्थ्यो ।

२०८० भाद्र २५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।