जापानबाट परिवारलाई भिडियोकल गर्दै नेपाली युवतीले गरिन् आत्महत्या

|

अमेरिका/जापान अध्ययनका लागि आएकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदाकै अवस्थामा भिडियो कल गरेर झुण्डिएकी छन् ।
परिवारका सदस्यहरुले आत्महत्या प्रयासको कारणबारे नखुलाए पनि पारिवारिक असमझदारीपछि उनले फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै झुण्डिएको प्राप्त जानकारीमा उल्लेख छ ।

सोमबार साँझको घटनापश्चात फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिव आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्दार प्रयास गरिएको थियो ।

प्रहरीले अगाडि फोन राखेर झुण्डिएको अवस्थामा फेला पारेको र परिवारले भनेजस्तै फोनमा भिडियो कल भएको देखिएको बताइएको छ ।
आपतकालिन रुपमा प्रहरी र एम्बुलेन्स बोलाएर उद्दार प्रयास गरि अस्पताल लगिएकोमा मंगलबार बिहान उनको उपचार प्रयास भइरहँदा निधन भएको जानकारी प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार अचेत अवस्थामा रहेकी नेपाली विद्यार्थी रबीना ब बुढाथोकी गत बर्ष मात्र भाषा विद्यार्थीका रुपमा जापान आएकी थिइन् ।
करिव २० बर्षिया उनले केहिदिन अघि मात्र एउटै विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ५ दिनका लागि नेपाल जानुपर्ने भएको प्लेनको टिकट बुझिदिन आग्रह गरेको पाइएको छ ।
हाल बिदेशमा रहेका उनका भाइ समेत बिदामा नेपाल आएर फर्कनको लागि तयारी गरिरहेको बताइन्छ,घटना अघि बुढाथोकिले कोठामा चुक्कुल लगाएर झुण्डिएकाले उद्दारका लागि पुगेका नेपालीहरु ढोका फोडेर भित्र पस्न नसकेको र प्रहरी पुगेर उद्दार हुँदा समय धेरै लागेकाले घटनास्थलमा जीवन रहेको संकेत पाइएको थिएन ।
कोठामा आत्महत्या प्रयास अघि कुनैपनि सुसाइड नोट लगायत वस्तु नभेटिएको बताइएको छ ।जापानमा पछिल्ला केहि वर्षयता,नेपाली समुदायमा यस्ता अप्रत्यासित दुखद घटनाहरु बढ्दै गएको छ।

२०८० भाद्र ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।