डा. बन्जाडेको चुनाबी माहौल तात्दैः दर्जनौ उम्मेदवार सहित लसएन्जलसमा चुनाबी सभा

|

गैर-आवासीय नेपालीसंघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको निर्बाचन आयोगले चुनाबी तालिका प्रकासित गरे संगै डा. अर्जुन बन्जाडेले आफ्ना पक्षधर एक दर्जन भन्दा बढी उम्मेदवारहरू सहित आफ्नो चुनाबी प्रचार-प्रसारको लागी लस एन्जलस, क्यालिफोर्निया आउदैछन्।
“नेपाल फेस्टिभल-हलिउड २०२३” को पुर्व सन्ध्यामा हुन लागेको उक्त चुनाबी कार्यक्रममा उलेख्य ब्यक्तिहरूको उपस्थिति रहने आंकलन गर्दै उक्त कार्यक्रममा सहभागिता जनाउने उम्मेदवारहरूको तांती बढ्न थालेको छ।

कार्यक्रम स्थानीय Everest’s Cuisine (Address: 2075 E. Orangethorpe Ave, Placentia, CA 92870 स्थित रेस्टुरेन्टमा सांझ ६ः०० बजे हुन गैरहेको छ ।
चुनाबी कार्यक्रमका संयोजक एवं यसै टिमबाट उपाध्यक्षका प्रत्याशी उम्मेदवार ज्ञानेन्द्र गुरुङले क्यालिफोर्निया लसएन्जल्सबासी सम्पुर्ण संघसंस्थाका प्रमुख एंव प्रतिनिधिहरु र सबै दाजुभाई तथा दिदिबहिनिहरुलाई यस अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागिताको निम्ति अनुरोध गरि यस कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी द वल्ड नेपाल न्युजलाई अवगत गराएका छन्।

स्थानीय प्रतिष्ठित बरिष्ठ ब्यक्तित्व बेध जोशीको अध्यक्षतामा हुन लागेको उक्त कार्यक्रम अवैतानिक महावाणिज्यदुत ऋषी ढकाल प्रमुख आथित्यमा हुने कार्यक्रमका संयोजक ज्ञानेन्द्र गुरुङले बताएका छन्।
उनका अनुसार उक्त कार्यक्रममा निम्न उम्मेदवारहरूको उपस्थिति निश्चित भैसकेका छन् भने र अन्य उम्मेदवारहरू पनि आउने तयारीमा रहेका छन्।

क्यालिफोर्निया लसएन्जलसमा आउने उम्मेदवारहरूः

अध्यक्षः डा. अर्जुन बन्जाडे
बरिष्ठ उपाध्यक्षः बिकास उप्रेती
उपाध्यक्षः ज्ञानेन्द्र गुरुङ
उपाध्यक्षः प्रेम तामाङ
उपाध्यक्षः नेत्र पाण्डे
उपाध्यक्ष(महिला): सुनिता कंडेल
महासचिबः गोपेन्द्र भट्टराई
महिला सचिबः शान्ती वाग्ले पौड्याल
सह-कोषाध्यक्षः दिवाकर पाण्डे
युवा संयोजकः तेज पौडेल (बिनोद)
महिला संयोजकः सुनिता खत्री
साथै,आईसीसी सदस्यद्वयः डा.शंकर बिशुंके र पदम ठकुराठी रहेका छन् ।

२०८० असार ७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।