
बाँके / बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ का नवनिर्वाचित वडा अध्यक्ष झन्कबहादुर थापाले आज वडा कार्यालयमा एक औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ ।नवनिर्वाचित वडा अध्यक्ष थापाले वडाबाट प्रदान गरिने सेवामा वडाबासी कसैलाई पनि विना भेदभाव रहित सेवा प्रदान गरिने बताउनु भयो । उहाँले नागरिकका हरेक समस्यामा आफुले साथसाथै रहने बताउनु भयो । यस वडामा आयमुलक, सीपमूलक र कृषिमा व्यवसायीकरणको आवश्यकता रहेको बताउनुभयो ।
यस्ता युवालाई सीप विकासको सेवा दिने र कृषकलाई आयमूलक व्यवसायी खेतीपातीमा सहयोग गर्ने अध्यक्ष थापाले बताउनु भयो । पदभार ग्रहणमा निवर्तमान वडाअध्यक्ष परशुराम बुढाथोकीले अध्यक्ष थापालाई कार्यालयको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियोे ।
डुडुवा गाउँपालिकाको पहाडी र थारू समुदायको बाहुल्यता रहेको छ । यहाँ खानेपानी, पक्की सडक, शिक्षा लगायतका समस्या रहेका छन् । यी समस्या समाधानका लागि सबै पक्ष र नागरिकको सहयोगले समस्या समाधान गर्ने थापाले बताउनु भयो । कार्यभार ग्रहण कार्यक्रममा वडाका कर्मचारी र स्थानीयले स्वागत गरेका थए । उहाँसँगै वडा सदस्यहरूको पनि सहभागीता रहेको थियो ।