एनआरएनए केन्द्रिय कोषाध्यक्षमा फणिन्द्र पन्तको उम्मेदवारी 

|

गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष पदमा फणिन्द्र पन्तले उम्मेदवारी दिएका छन्।  

यहि मार्च २४ र २५  तारिकका दिन हुनलागेको संघको दशौ महाधिवेशनबाट कार्यकाल २०२१-२०२३ लागि चयन हुने कार्यसमितिमा कोषाध्यक्षमा पन्तको उम्मेदवारीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ। 

नेपालको गोर्खा जिल्लामा जन्मिएर विगत २० वर्षदेखि नेदरल्याण्डसमा बस्दै आएका पन्तको एनआरएनएसंगको संलग्नता पनि निकै पहिलेदेखिको हो।  

सन् २००८ -२०१०  मा गैर-आवासीय नेपाली संघ नेदरल्याण्डसको कार्यक्रम संयोजकको रुपमा सफल कार्यकाल पूरा गरेका पन्तले सन् २०१३-२०१५ को कार्यकालमा अन्तर्राष्ट्रिय परिषद सदस्य ( आइसीसी ) को रुपमा रहेर उल्लेख्य कामहरु गरेका छन्।केन्द्रमा शेष घले अध्यक्ष, कुमार पन्त महासचिब  तथा डा बद्रि केसी कोषाध्यक्ष हुँदाको उक्त समयमा संघको केन्द्रिय भवन निर्माण गर्दा होस् या नेपालको भूकम्प राहत उद्धार जस्ता प्राकृतिक विपतको समयमा विश्वभरिका एनआरएनलाई प्रतिनिधित्व गर्दै नेपालका विभिन्न  जिल्लामा उद्दार कार्य संयोजन गरेर आफ्नो सामाजिक क्षमता प्रदर्शन गरेका थिए।

 

२०१५ मा भएको एनआरएनए केन्द्रिय निर्वाचनमा केन्द्रिय युवा संयोजकमा निकै झिनो मतान्तरले उपविजेता बनेका उनी कुनै निश्चित पदमा हुँदा होस् वा नहुँदा , सामाजिक सृजनाशीलाता मा र गतिशीलतामा निरन्तर लाग्दै आएका छन्।  नेदरल्यान्ड्समा नेपाली वालवालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन  संचालन गरिएको बुद्ध एकेडेमी स्कुलको सुरुवातकर्ता समेत रहेका फणिन्द्र, नेपाल र नेपाली संस्कृतिलाई विश्वव्यापी प्रवर्द्धनमा समेत निकै सक्रिय व्यक्तित्व मानिन्छन्।  प्रवासमा आयोजना गरिने नेपाली फेस्टिभल आयोजना होस् तथा विभिन्न व्यवसायिक र प्राविधिक कन्फेरेन्स होस् , सबैमा नेपाली समाजको सहभागिताका लागि जगाई रहने ,नेदरल्यान्ड्स समाजमा नेपालीको हर तरहले  इन्टीग्रेसनमा मद्दत गर्ने एक नेपालीको रुपमा स्थानीय डच हरु बीच पनि परिचित नाम हो।  “थिङ्क ग्लोबल एक्ट लोकल ” भने झैँ नेपाली विश्व संजालमा राम्रो सम्पर्क र जानकारी राख्ने पन्त नेदरल्यान्ड्समा एक बिशेष  सामाजिक इकोसिस्टम संचालन गर्छन्।

नमस्ते सहकारी कम्पनि लिमिटेडका संस्थापक समेत रहेका उनले उक्त संस्था मार्फत केहि  नेपाली रेस्टुरेन्टहरुको स्थापना, प्रवर्द्धन र संचालन गर्दै आएका छन्।  सामाजिक उद्यमशीलतामा विश्वास गर्ने कर्मठ व्यक्तिको उनले आफ्नो व्यवसायिक कार्य मार्फत आएको आम्दानीको निश्चित हिस्सा मातृभूमि नेपाल र नेपालीको हितका लागि नियमितत रुपमा लगाउदै आएका छन् । उनी भन्छन देखाउनको लागि अकल झुकल “दान” गर्ने हैन मान्छे “दानी ” बन्नु पर्छ।  

मानवताको रक्षा र आफ्नो कर्तब्यप्रति सदा उत्तरदायी हुनुपर्छ।  त्यसैले विगत केहि वर्षदेखि उनले इश्वभारिका नेपालीभाषी समुदायको स्वास्थ्यमा टेवा गर्ने हेतुले आफ्नो सामाजिक इकोसिस्टम भित्र  “नेपाललाइफ केयर फाउन्डेसन “  समेत स्थापना गरेका छन्। 

नेदरल्यान्ड्समा लिबरल डेमोक्रेट पार्टी का    सदस्य फणिन्द्र ब्यबहारत नै सामाजिक उद्यमशीलता र परोपकारलाई एक चक्रको हिसाबले संचालन गर्न सिकेको र ब्यबहारमा उतार्न प्रयत्नरत रहेको देखिन्छ।  नैतिक , भौतिक र आर्थिक आचरण र ब्यबहार अनुसाशित र सल्तुलित भएंमा संस्था होस् या व्यक्ति सधै स्वास्थ्य रहन्छ भने गहिरो बिश्वास उनमा देखिन्छ। 

उनी सामान्यतय कम बोल्छन् तर जे बोल्छन् त्यसमा गम्भीर हुन्छन् र त्यो सम्पन्न पनि गर्छन्। अध्ययन र खोजीमा बिशेष रुचि राख्छन्।  त्यसो त उनी आफै साङ्कुइन नामक डच रक्त संचार केन्द्रमा बिगत १५ बर्ष देखि काम पनि गर्छन्।

सन् २०१७ देखि नेदरल्यान्ड्स लगायात विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली बायोमेडिकल, प्यारामेडिकल, स्वास्थ्य , बायोटेक र धेरै परोपकारी एनआरएनहरुको संयोजन गरि एनआरएनए केन्द्रमा एक बिशेष रक्त-संचार प्रविधि विकास समिति पनि स्थापना गरेका छन्। 

विदेशमा आफूले गरेको काम र नेपालको उक्त सम्बन्धित क्षेत्रलाई दीर्घकालीन रुपमा सम्बन्धन गराउने कार्य सफलतापूर्वक सम्पन्न गरेको यो कार्य एनआरएनए केन्द्रमा आज एक नमुना परियोजना बनेको छ।     

लगातार गैर-आवासीय नेपाली संघलाई नेपालको  ‘ब्लड ट्रांस्फुजन प्रोग्राम’ जस्तो मानबिय परोपकारको को एक बिशेष हिस्सेदार बनाउन सफल  रहेर निरन्तर काम गर्दै आएका छन्।

नेपालको चितवन तथा सूदुर पश्चिमाञ्चलमा रक्त संचार सुधारको लागि मोबाइल ब्लड ब्यांक  हस्तान्तरण गरेर एक नमुना कार्य निरन्तर राख्ने  समितिको सभापति फणिन्द्र पन्त हुन्।  

नेपाल रेडक्रस सहित विभिन्न स्वास्थ्य र परोपकारी संस्थाहरुको सहकार्यमा अघिबढेको गैर-आवासीय नेपाली संघको प्रविधि हस्तान्तरण नीति अनुसार भएको यो योजना अन्तर्गत नेपालको रक्त संचार सेवा डिजिटलाइज पनि हुने भएको छ। 

सबैले आफ्नो आफ्नो कार्य क्षेत्रमा सुधार गर्ने गरि निरन्तर टेवा दिने हो भने नेपालको हरेक क्षेत्रको छिटो विकास हुनेमा उनी विश्वस्त छन्।

“प्रवासमा रहे पनि जन्मसिद्ध हामी नेपाली नै हौँ।  विदेशमा रहेर प्राप्त गरेको विज्ञता र अनुभवलाई मातृभूमि नेपालका लागि उपयोग गरिनुपर्छ भन्ने सोचाई राख्ने उनि  आफूले सकेसम्म यसको उपयोग गर्दै आएको पनि दावि गर्छन् ।

हामीसंगको कुराकानीमा पन्तले भने। “विदेशमा रहँदा आर्जन गरेका आफ्ना अनुभव र सिपलाई मातृभूमिको लागि उपयोग गर्न सबैलाई म अनुरोध पनि गर्छु।”   उनले थपे। 

केहि समयदेखि एनआरएनमा देखिएको विवाद प्रति पनि उनको उत्तिकै चासो छ।  

नीति-नियम पालना गर्ने कुरामा उनि स्पस्ट छन्।  जुझारु पनि छन्।  निरन्तर सुधारमा लागि रहन्छन् त्यसैले पनि विषम परिस्थिति र अविश्वासको खाडल रहेको बेलामा संस्थामा पूनर्विश्वास सिर्जना गर्ने र सबैलाई जोड्ने मुख्य मुद्दा सहित एनआरएनएको मूख्य संस्थागत परिचय “सामाजिक परोपकारी संस्था “नै हुनुपर्छ भन्दै आसन्न निर्बाचनमा “कोषाध्यक्ष” को पदमा दाबेदारी गरेका छन्। 

कुनै पनि सामाजिक संस्थामा हुने राजनैतिक, क्षेत्रीय वा जातीय ध्रुवीकरणले समग्र संस्थालाईनै  विभाजित गर्ने मात्रै होइन, यसले व्यक्ति-व्यक्ति बीचमा समेत एक किसिमको ईगो सिर्जना गराउने र मनोमालिन्यता बढाउने भएकाले यस्ता ध्रुवीकरणहरुबाट संस्थालाई बचाउने तर्फ सबैको  भूमिका उत्तिकै महत्वपूर्ण हुनुपर्ने उनको राय छ ।  

आफू निर्वाचित भए संस्थाको प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने,  लाखौ नेपालीको परोपकारी भावना एकत्रित गर्दै नेपालीको क्षमता विकास, सामाजिक उद्यमशीलता मार्फत पोस्ट कोभिड- रोजगार सहयोग तथा संस्थागत परोपकारमा प्रवासी नेपालीको अनुदानलाई आगामी दुई वर्षमा वार्षिक रुपमा दोब्बर गर्ने स्पस्ट आर्थिक – सामाजिक चित्र तयार रहेको बताउछन्।

प्रेस विज्ञप्ति :

 

२०७८ चैत्र ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।