नेपाली कांग्रेस, बँकिका सभापतिका उम्मेदवार गौडेलको प्यानल घोषणा

|

बँकि / नेपाली कांग्रेस, बँकिका सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेलले आफ्नो प्यानलको घोषणा गरेका छन् । नेपाली कांग्रेस, लुम्बिनीका महामन्त्री राजेन्द्र आचार्यको विशेष उपस्थितिमा कांग्रेस बँकिका सभापति किरण कोइरालाको उपस्थितिमा गौडेलको प्यानल घोषणा गरिएको हो ।

डा.शेखर कोइराला पक्षका गौडेलको प्यानलको घोषणा सचिवालय संयोजक एवं लुम्बिनी प्रदेश कमिटिका सदस्य टेकनारायण भूसालले घोषणा गर्नुभयो गौडेल समूहमा उपसभापति गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंक काफ्ले (आशिष), सहसचिवमा विश्वराज लम्साल र रेणु सिहं रहेका छन् । सदस्यहरुको उम्मेदवारी केही दिन घोषणा गर्ने सचिवालय संयोजक भूसालले जानकारी दिनुभयो ।

कांग्रेस बाँकेको पुस २७ गते अधिवेशन हुँदैछ। प्यानल घोषणा गरेको गौडेल समूहले नेपालगञ्जमा सम्पर्क कार्यालय खोलेर चुनावी अभियान थालिसकेको छ संस्थापन समूहले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । संस्थापन समूहमा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, बादसाह कुर्मी, निरञ्जनसिंह सिजापति लगायत सभापतिको उम्मेदवार दाबेदार रहेका छन्।

२०७८ पुष १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।