
नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीद्वारा आयोजित नयाँ वर्ष २०२२ को शुभकामना सन्देश कार्यक्रममा बिशेष सम्बोधन गर्नुभएको छ ।
अंग्रेजी नयाँ बर्ष २०२२ को उपलक्ष्यमा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीको आयोजनामा सम्मानिय पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीको प्रमुख आतित्थ्यता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईको विशेष आतिथ्यतामा भर्चुअल माध्यमवाट अन्तर्राष्ट्रीय कमिटी अध्यक्ष भक्त गुरुङ अध्यक्षता ,सचिव रमेश पान्डेको सन्चालन ,सचिवालय सदस्य डा.विमला भन्डारीको स्वागत मन्तव्य मा सन्चालित कार्यक्रममा नेपालको राष्टिय गानको साथै कलाकार खड्ग न्यौपानेको आफ्नै सृजना प्रवासी गीतले सबैलाई स्वागत गर्नुभएको थियो ।
प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी ,पॉच माहदेशिय कमिटी ,४० राष्ट्रीय कमिटी ,सयौ स्थानीय कमिटी लगायत अन्य प्रवासी नेपाली समुदायबाट समेत कार्यक्रममा उपस्थिति रहेको थियो र कार्यक्रम भव्य रूपले सम्पन्न भएको जानकारी (द वल्ड नेपाल न्युज)लाई प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रभुराम थापाले जानकारी गराउनु भएको छ।
अंग्रेजी नयाँ बर्ष २०२२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमंत्री तथा एमाले अध्यक्ष ओलि ले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न, जनताको राष्ट्रिय आकांक्षालाई सुनिश्चित गर्न र अनेकन प्रतिकुलताका वावजुद ऐतिहासिक कामहरु गर्न जनादेशद्वारा नेकपा एमाले २०२२ मा सक्रृय ढंगले अगाडी बढ्ने प्रतिबध्दता सहित प्रवासमा बस्नुहुने सम्पुर्ण प्रवासी नेपालीहरुलाई पनि सरिक हुन समेत आह्वान गर्नुभएको छ ।
साथै एमालेले देश, जनता, राष्ट्र र सुशासनको पक्षमा राम्रो काम गर्दै २०२२ मा जनताको मन जित्न सफल हुने विश्वास रहेको बताउनुभएको छ ।
भिडियो लिकं हेर्न यहां क्लिक गर्नुहोस् !