महामन्‍त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

|

काठमाडौं। नेपाली कांग्रेसको महामन्‍त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। झन्डै तीन सय मत गन्न बाँकी छँदा गगन थापाले २८ सय ३३ मत ल्याएका छन्। त्यस्तै दोस्रो स्थानका विश्वप्रकाश शर्माले १८ सय २४ मत ल्याएका छन्।
तेस्रो स्थानका प्रकाश शरण महतले १४ सय ५५ मत ल्याएका छन्। झन्डै ३ सय मत गन्न बाँकी छँदा महतभन्दा ३ सय ६९ मतको अग्रता लिइसकेकाले विश्वप्रकाशको जीत सुनिश्चित भएको हो। चौथो स्थानमा रहेका प्रदीप पौडेलले १३ सय ३ मत ल्याएका छन्। मीनेन्द्र रिजाल ७ सय ५३ र राजराम कार्की १ सय मत ल्याएका छन्।

२०७८ पुष १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।