प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

|

काठमाडौं – देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई निर्विकल्प नेता निर्वाचित गरेको छ । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन् ।

कुल खसेको मतको ५० प्रतिशत मत कटाएपछि देउवा विजयी भएका हुन् । ३८१९ मत गणना गर्दा उनले २२८८ मत गरे भने, शेखर कोईरालालो १५०१ मत प्राप्त गरेका छन् ।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाट सभापति निर्वाचित भएका देउवा १४ औं महाधिवेशनमा चुनौति सामना गरिरहेको थिए ।

सबै मत गणना गर्नु अगाडी नै देउवा विजयी भएका हुन् । अहिलेसम्म ३० बदर भएको छ ।

तर दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि उनको विजय सुनिश्चित भएको थियो ।
नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिसाली नेता बन्ने मौका देउवाले पाएका छन् ।

देउवा सभापतिमा निर्वाचित भएका छन् । तर शेखर कोइरालाको नेतृत्वमा कांग्रेसका ‘क्रिम लिडर’हरु पदाधिकारी र केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन् देउवाले दोस्रो पटक कांग्रेस सभापति निर्वाचित हुँदै गर्दा कांग्रेसलाई भावनात्मक रुपमा एक गराउने चुनौति पनि सँगै वरण गरेका छन् ।

कांग्रेसका यसपटक नेतृत्व परिवर्तनको जबर्जस्त एजेण्डा थियो । गगन थापा लगायतका नेताले थपिएका २० लाख नयाँ मतदातालाई आकर्षित गर्न नेतृत्व परिर्वतनको एजेण्डा उठाएका थिए ।

देउवाको सहज जितले उनको टिमलाई खुसी तुल्याए पनि कांग्रेसप्रति नयाँ मतदाताको आकर्षणका लागि भने कुनै योगदान नहुने टिप्पणी नेताहरुले नै गरिरहेका छन् तर सभापतिको निर्वाचन परिणामले कांग्रेसमा परिवर्तन चाहनेहरु भने निराश भएका छन् ।

२०७८ मंसिर २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।