काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूहमै ‘विद्रोह’ भएको छ ।
नेपाल बारसँगको छलफलमा सोमबार पाँच जना न्यायाधीशहरुले बस्न अस्वीकार गरेका छन् । छलफलमा नबस्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल छन्।
पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरुको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । पेशी तोक्न तत्काल गोलाप्रथा प्रणाली लागू गरौं र मुद्दाको सुनुवाइ थालौं भन्दा अरु न्यायाधीशहरु अनिच्छुक देखिएकाले आफूहरु अलग हुने निर्णय गरेको ती न्यायाधीशले बताए ।






