
महेन्द्रनगर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलमा जंगली हात्तीको आक्रमणबाट आज बिहान ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको छ।
घर आँगनमा राखेको धान खाँदै गरेका हात्तीको बथानलाई भगाउन जाँदा दुवै जनामाथि हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्। हात्तीको बथान आज बिहान ३ बजे बस्ती छिरेको थियो।
आक्रमण गर्ने हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको प्रहरीले बताएको छ।