सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने तयारी

|

आजै शपथ ग्रहण हुने

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने तयारी भएको छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उनको आजै शपथ ग्रहण गराउने तयारी समेत गरिएको बताइएको छ।

स्रोतका अनुसार शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयमा आवश्यक पत्राचार भइसकेको छ। आज अपराह्न ३ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि विभिन्न विवादका कारण गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले घटनाबारे अनुसन्धान गरी उनलाई सफाइ दिएको बताइएको छ।

छानबिन समितिको प्रतिवेदनपछि गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन्। उनको पुनरागमनसँगै सरकारको सुरक्षा तथा प्रशासनिक नेतृत्व थप सक्रिय हुने अपेक्षा गरिएको छ।

यद्यपि, नियुक्तिबारे औपचारिक घोषणा भने हुन बाँकी रहेको छ। सरकार स्रोतका अनुसार शपथ ग्रहणपछि यस सम्बन्धमा औपचारिक जानकारी सार्वजनिक गरिनेछ।

२०८३ जेष्ठ २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।