शान्ति,सद्भाव र एकताको सन्देश दिदै नरैनापुरमा दुर्गा मुर्ति विर्सजन

|

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह मुर्ति विर्सजनमा सरिक हुदै

नरैनापुर (बाँके) बडा दशैको अवसरमा हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति शनिवार विसर्जन गरेका छन् । तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन छ । बाँके जिल्लाका दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने गरेका छन् ।

मुर्तिलाई शान्ति तथा सदभावका साथ विर्सजन गर्न नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयक अहमद शाहले नरैनापुरका विभिन्न धर्मगुरुहरुसँग बृहत छलफल गर्नु भएको छ । त्यसै गरि शान्ति सु–ब्यवस्थाको लागि नजिकको प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेको बताउनुुभयो ।

संम्भावित दुुर्घटनालाई मध्यनजर राखेर द्रुत स्वास्थ्य सेवाको लागि एम्बुलेन्सको पनि तयार गरिएको छ । स्वर्गीय मन्त्री दिनेश चन्द्र यादवका छोराहरु धन्नजय यादव र विक्रम यादव पनि मुर्ति विर्सजनलाई सोहार्द ुवातावरणमा विर्सजन गर्नको लागि स्थानीय धर्म गुरुसँग समन्वय गर्नुभएको स्थानीय युवा अरुण यादवले जानकारी दिनुुभयो । त्यसै गरि नरैनामपुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मसुद अहमद शाह र वडा नं.४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्माको पनि सहभागिता रहेको थियो । दुर्गा मुर्ति विभिन्न नरैनापुरका वडाबाट निकाली वडा न.५ को जमुनहा चौकमा विर्सजन गरिदैछ ।

नेपालगन्ज लगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बजार क्षेत्रको परिक्रमा गराई डुडुवा गाउँपालिका वडा नं. ४ कम्दीस्थित राप्ती नदी विसर्जन गरिएका छन् । हिन्दू धर्मावलम्बीले मनाइने वडादशैमा अन्य धर्मावलम्बीहरुले सौहाद्रपूर्ण वातावरणमा दशैं मनाएका छन् ।

नवदुर्गा भवानीको नौ दिनसम्म चलेको पूजामा हिन्दु, मुस्लिम, सिख, इसाईलगायतका धर्मावलम्बीहरुले एकापसमा शुभकामना साटासाट गर्नुका साथै पर्वमा सामाजिक सद्भाव र भाईचारा कायम राख्नको लागि समाजका अगुवाहरुको स्थानीय स्तरमा समन्वय र सहभागिता रहेको थियो ।

२०७८ आश्विन ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।