४ सय ५१ जनामा थप कोराना संक्रमित भएको पुष्टि

|

काठमाडौँ / नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घन्टामा ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेमा मोरङका २२, पर्साका १० जना, रौटहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका २१ जना छन् ।

यस्तै धनुषाका ४, नुवाकोटका ३, अर्घाखााँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिरहाका ४ जना संक्रमित भएका छन् ।

२०७७ असार १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।