नेपालगन्ज / त्रिकोणात्मक लभस्टोरीमा आधारित निर्माण हुन लागेको नेपाली चलचित्र ‘पुरा भयो सपना मेरो’ मा नायकको रुपमा रिर्चडस कुमार रसाईलीले डिब्यु गर्ने भएका छन् । नायक रिर्चडसले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताए ।
फिल्मको मुल कथा नै उनको वरीपरी घुम्नेछ । दशै लगत्तै बाँके र बर्दिया जिल्लाको पर्यटकीय स्थानहरुमा फिल्मको छायांकन सुरु हुनेछ । राजु गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको यस फिल्ममा रिर्चडस कुमार रसाईली मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अन्य कलाकारमा कमल निर्मोही, नायिका भने खोजी भईरहेको निर्माताले बताए ।
संगित भने अर्जुन पोखरेल र राजेन्द्र बजगाईको रहनेछ भने द्धन्द्ध निर्देशकमा रमेश सिहं, कोरियोग्राफरमा रामजी लामिछाने, सिनेमाटोग्राफरमा रामेश्वर हुँमागाई रहेका छन् भने लाईन प्रोडयुसर फलिज बिस्ट रहेका छन् । यस फिल्मले नेपाली समाजभित्रको यर्थाथ सत्य घटनालाई देखाउने र पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने निर्माता गिरीले बताए ।