
भारत । भारतको महिला अधिकारकर्मी कमला भसिनको निधन भएको छ । क्यान्सरबाट पीडित भसिनको आज शनिबार बिहान ३ बजे निधन भएको हो ।
उहाँकी सहकर्मी कविता श्रीवास्तवले ट्विटरमार्फत उनको निधनको जानकारी दिनुभएकाे हाे ।
उहाँले लेख्नुहुन्छ, ‘हाम्री प्यारी साथी कमला भसिनको आज सेप्टेम्बर २५ बिहान ३ बजे निधन भयो । यो भारत र दक्षिण एसियाली क्षेत्रमा महिला आन्दोलनका लागि ठूलो क्षति हो । कमला तपाईं सधैं हाम्रो मुटुमा रहनुहुनेछ।’
भसिनको जन्म १९४६ अप्रिल २४ मा राजस्थानमा भएको थियो । उहाँका बुबा डाक्टर हुनुहुन्थ्यो ।
कमला भसिन मुख्यतः दक्षिण एसियाली नारीवादी अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।