पहिलो ग्लोबल नेपाली चलचित्र महोत्सब अमेरिकामा हुँदै

|

कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाई चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाई उच्च सम्मान गर्दै नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ ।

यो फेस्टिभल कुनै कम्पिटिसन नभएर नितान्त नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रबर्द्धनको लागि आयोजना गर्न लागिएको र चलचित्र महोत्सवको मिति चांडैनै तय गरिने जानकारी फेस्टिभलका आयोजक नवराज श्रेष्ठले द वर्ल्ड नेपाल न्युजलाई दिएका हुन् ।

ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए, नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले संयुक्त रुपमा आयोजना गर्ने भएका हुन् ।

यो भन्दा अगाडी चौथो ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न गरिसकेको तर अहिले कोभिडको प्रभाव तथा असहज परिस्थितिले गर्दा उक्त अवार्ड कार्यक्रमलाई स्थगित गरिएको हो र अब भने निकट भविष्यमा चांडै नै यसलाई पनि निरन्तरता दिने जानकारी अध्यक्ष श्रेष्ठले दिनुभएको छ ।

साथै कोरोनाले प्रत्यक्ष रुपमा प्रभाव पारेको चलचित्र क्षेत्रलाई माथि उकास्नका निम्ति सबैले सहयोग गरौ भन्दै चलचित्र महोत्सवलाई भब्य रुपमा सफल पार्न सम्पूर्ण चलचित्रकर्मी तथा यस क्षेत्रलाई माया गर्नुहुने सम्पुर्ण शुभेच्छुकहरुलाई साथ सहयोग र सहभागिताको समेत अपेक्षा राखेको आयोजक कमिटिले जानकारी गराएको छ ।

२०७८ आश्विन ७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।