थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

|

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन् । दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७/१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो । यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३/३ जना, बर्दघाट सुस्तापूर्व, बर्दघाट सुस्तापश्चिम, प्युठान र रामेछापमा २/२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १/१ जना संक्रमित थपिएका छन् ।

थप एकको मृत्यु
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको जेठ १२ मा पुष्टि भएको थियो ।

२०७७ जेष्ठ ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।