द गुरुङ (तमु) सोसाइटी इंक को अध्यक्षमा तोरण गुरुङ निर्विरोध निर्वाचित

|

न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक को अध्यक्षमा तोरण गुरुङ निर्विरोध निर्वाचित भएको छ ।

यस्तै, महासचिवमा अलिशा गुरुङ, उपाध्यक्षमा शान्ति गुरुङ, कोषाध्यक्षमा ओम गुरुङ, सहविचवमा ओम विक्की गुरुङ, सहकोषाध्यक्षमा अन्जित गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तोरण गुरुङले अमेरिकामा रहेको सबै गुरुङहरुलाई एउटै मञ्चमा ल्याउनको समाजका सल्लाहकारहरुसँग सल्लाह गरेर सहकार्यको लागि प्रयास गर्ने बताए र गुरुङहरुको आफ्नै भवन निर्माणको लागि विभिन्न उपाय खोजेर पहल गर्ने उनले बताए ।

युवाहरुलाई सकृय बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले युवा वर्गलाई नेतृत्व तहमा ल्याउनको लागि पहल गर्नेमा जोड दिए ।
समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन कमिटी बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।
निर्वाचन समिति सदस्यहरुमा संस्थापक अध्यक्ष तुलसी गुरुङ, हर्कजंग गुरुङ, डा. रस कुमारी गुरुङ संलग्न थिए । निर्वाचन समितिका शान्ति, अलिशा, ओम र तोरण, अन्जित यस अघिको कार्यकालमा समेत विभिन्न पदमा कार्यरत थिए ।

दुइ सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको २ बर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै बोर्ड सदस्यहरुमा बसुन्धरा गुरुङ, भक्त गुरुङ, लिला गुरुङ, योगेन्द्र गुरुङ, अशोक गुरुङ, बबि गुरुङ  ज्ञान गुरुङ, हेमा गुरुङ, विजय गुरुङ निर्विरोध चयन भएका छन् ।नयाँ कायसमितिको कार्यकाल २ बर्षको रहने छ
नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गापनियताको सपथ गराएका थिए ।

साथै कार्यक्रममा गुरुङ युवाहरुले खेलकुदको मार्फत विभिन्न खेल प्रतियोगितामा सहभागिता जनाउनुका सार्थ विभिन्न पूरस्कार प्राप्त गरेकोमा युवा खेलाडीहरुलाई प्रशंसापज्ञ प्रदान गरी सम्मान गरेको थियो ।
सोसाइटीका निवर्तमान अध्यक्ष विजय गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समुह, युवा समुह लगाउत सम्पूण सहयोगीहरुलाई धन्यबाद व्यक्त गरे ।

२०७८ आश्विन ४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।