एकता युवा क्लब पुरैनीको आयोजनामा ३६ जनाले रक्तदान गरे

|

बाँके / रक्तदान जीवनदान भन्ने मूल नाराको साथ आज ३२ गतेका दिन एकता युवा क्लब पुरैनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३२ अथवा मे १४ तारिख विश्व रक्तदाता दिवस भएकोले उक्त दिवस अवसर पारेर एकता युवा क्लवले रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष राजेश यादवले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका २२ स्थित क्लवकै परिसरमा रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । सो रक्तदान कार्यक्रममा आयोजना गरि सफल पार्नु हुने सम्पूर्ण समाजसेवी , उद्योगि, व्यवसायी , बुद्धिजीवी , राजनीतिज्ञ, पत्रकार र स्थानीय युवाहरुलाई बधाई दिएको थियो ।

विश्वव्यापि रुपमा फैलिएको कोरोनाले गर्दा बाँके रेडक्रस शाखामा रगतको अभाव भएकोले उक्त कार्यक्रम गर्न लागेको क्लब अध्यक्ष यादवले जानकारी दिनुभयो । सो रक्तदान कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चेत बहादुर घर्ति. समाजसेबी ओमजंग राणा, नेपाल युवा परिषद प्रदेश न. ५ का संयोजक सोम गुरुङ, नेकपा पुरैनीका खिम बहादुर आले, सन्त निरन्कार मण्डली, नेपालगन्जका अध्यक्ष शिव प्रसाद गोडिया र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेका अध्यक्ष हुकुम केसीको सहभागिता रहेको थियो ।

२०७७ जेष्ठ ३२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।