बाँके / आज बाँकेका ३ र बर्दिया ३ जना गरी छ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । भेरी अस्पतालमा गरीएको परिक्षणमा राप्तीसोनारी गाँउपालिका ८ का १८ वर्षिय पुरुष, डुडुवा गाँउपालिका १ का १९ वर्षिय पुरुष र डुडुवा ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
त्यसैगरी बर्दियाको बढैयाताल गाँउपालिका १ का २४ वर्षिय महिला, सोही वडाका २१ वर्षिय पुरुष र बढैयाताल २ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । आइतबार नै गरीएको परिक्षणमा रुकुम सानोभेरी गाँउपालिका १ का ८२ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको र हाल उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको भेरी अस्पतालले जनाएको छ ।