गोर्खा मिडिया डटकम अनलाइनको प्रथम वार्षिकोत्सव सम्पन्न

|

लन्डन । सत्य, तथ्य, ताजा खबर र मिडियामार्फत सामाजिक एवम् मानवीय सेवाको उद्देश्यसहित यूकेबाट सञ्चालित गोर्खा मिडिया डटकम अनलाइनको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको छ ।

१४ सेप्टेम्बर २०२१ (२९ भदौ २०७८) दिन स्रष्टा सम्मान लगायत विभिन्‍न कार्यक्रम गरी गोर्खा मिडियाको प्रथम वर्षगाँठ भर्चुअल रुपमा मनाइएको हो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर प्रमुख अतिथिको रुपमा सहभागी थिए । यस्तै विशिष्ट अतिथिहरुमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल (फोनिज) का केन्द्रीय अध्यक्ष डन्ड गुरुङ, अग्रज पत्रकार एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपालका संस्थापक अध्यक्ष खिम घले, अग्रज पत्रकार गजुरधन राई थिए भने अतिथिहरुमा बेलायतमा सक्रिय जातीय तथा अन्य संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु थिए ।

वरिष्ठ सञ्‍चारकर्मी तथा गोर्खा मिडियाका सल्लाहकार दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सम्पादक हुमबहादुर गुरुङले स्वागत तथा गोर्खा मिडियाबारे जानकारी गराएका थिए । त्यसपछि कार्यक्रममा कलाकार र कर्मचारी सम्मान गर्ने घोषणा गरिएको थियो ।

स्रष्टाहरु गजेन्द्र गुरुङ र नन्दा पुन मगरलाई वार्षिकोत्सव अवसरमा १० हजार नगदसहित पुरस्कृत घोषणा गरेका थिए । त्यस्तै वर्षको उत्कृष्ट कार्यसम्पादन गरेकामा गोर्खा मिडियाका कर्मचारीलाई टीकाराम तामाङ (समाचार सम्पादन) लगायतमा निरन्तर योगदान र ओम लामा (प्राविधिकतर्फ) बाट विज्ञापन डिजाइन, भिडियो इडिटिङ लगायतमा योगदान गरेबापत सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञापनदाता, सल्लाहकार, लेखकहरुलाई कदर पत्र वितरण गरिएको थियो ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।