गण्डकीको गुरुकुललाई नेपालगन्जको सगरमाथाले ३-४ ले हरायो

|

नेपालगन्ज। यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८ फुटबल प्रतियोगिताको आज नेपालगन्जको रंगशालामा भएको छ । लुम्बिनी प्रदेशबाट नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज र गण्डकी प्रदेशबाट गुरुकुल विद्या सदन विच भएको प्रतिस्पर्धामा सगरमाथाले ४ गोल गरेर विजयी भएको छ । गुरुकुल विद्या सदनले ३ गोल गरेको छ भने नेपालगन्जको सगरमाथा स्कूलले ४ गोल गर्न सफल भएको हो । खेल सुरु भएको ३२ औं मिनेटमा सगरमाथा स्कुलका ११ नं. जर्सी अमित बोहराले पहिलो गोल गर्नुभएको थियो । यस्तै सगरमाथा कै २२ नं. जर्सीका सन्जय रोकाले दोश्रो गोल ३८ औं मिनेटमा गर्नुभएको थियो भने पुन सन्जयले ५१ औं मिनेटमा गोल गर्नुभएको थियो । यस्तै सगरमाथा कै जर्सी नं. १० का मनोज परियारले खेलको अतिरिक्त समय ९१ औं मिनेटमा थप गोल गर्न सफल हुनुभएको थियो । यस्तै गण्डकी प्रदेशको गुरुकूल विद्या सदनका जर्सी नं. ८ का सफल बिकले ४५ औं र ९० औं मिनेटमा १÷१ गोल गर्नुभएको थियो भने गुरुकुलकै जर्सी नं. ३ का अपिल कुवरले ५० औं मिनेटमा थप गोल गर्नुभएको थियो । प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका दुवै टोली केन्द्रिय उपाधिका लागि मैदानमा उत्रेका छन् ।

नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले प्रतियोगिताको क्रममा बाँके जिल्लाका ३२ वटा टिमलाई पछि पार्दै जिल्ला प्रथम बन्न सफल भएको थियो । जिल्ला तहमा उत्कृष्ट प्रदर्शन गरेको सगरमाथा स्कूलले त्यसपछि लुम्बिनी प्रदेशस्तरीय चरणमा दाङमा भएको खेलमा मेचीकाली सेकेण्डरी स्कुललाई पराजित गर्दै प्रदेश स्तरिय विजेता भएको थियो । लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको सगरमाथा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रेको छ । बाँकेका ३२ टोलीलाई पछि पारेर जिल्ला च्याम्पियन बनेको सगरमाथा स्कूल प्रदेश च्याम्पियन हुदै केन्द्रिय च्याम्पियनको यात्रामा पुगेको छ । फुटबलको विकाससँगै युवा प्रतिभालाई राष्ट्रिय स्तरमा अघि बढाउने उद्देश्यले आयोजना भइरहेको अण्डर–१८ प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ ।

लुम्बिनी प्रदेशको अण्डर–१८ फुटबलमा नयाँ च्याम्पियनको लागि शुक्रवार सुदुरपश्चिम र गण्डकी विच प्रतिस्पर्धा हुने छ । विजेता टिम विच पुनः फाइनल खेलका लागि प्रतिस्पर्धा हुनेछ । ३ टिम विच हुने प्रतिस्पर्धाका विजयी टिमले काठमाण्डौमा केन्द्रिय स्तरको खेल खेल्न पाउने छ ।

२०८३ आश्विन २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमा र युट्युवमा पनि जोडिन सक्नुहुनेछ ।