इण्डोनेसियाको जेलमा आगो लाग्दा ४१ जनाको मृत्यु

|

इन्डोनेशिया । इण्डोनेसियाको राजधानी जाकार्ताकाे बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगो लाग्दा ४१ जनाको ज्यान गएको र अरु केही घाइते भएका बीबीसीले जनाएको छ । त्यहाँकाे बान्टेन प्रान्तकाे तेङ्गराङ्ग जेलको ब्लक सी मा आगो लागेको त्यहाँको प्रहरीले जनाएको छ ।

आगो लाग्दा त्यहाँ १ सय २२ जना कैदी थिए । ४० जना क्षमता भएको जेलमा १ सय २२ जना कैदी राखिएको थियो । उनीहरु लागु औषधको कारोबारमा दोषी पाइए पछि सजाय काटिरहेका थिए । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ भाद्र २३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।